२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

चलचित्रको प्रचार गर्न नेपाल आइन् पूजा चन्द

shivam cement
२०८२ कार्तिक १० गते १४:००
Shares
चलचित्रको प्रचार गर्न नेपाल आइन् पूजा चन्द

काठमाडौं : अभिनेत्री पूजा चन्द चलचित्र परानको प्रचारका लागि नेपाल आएकी छन् ।

सोमबार उनी अमेरिकाबाट चलचित्र प्रचार प्रसारका लागि नेपाल आएकी हुन् । नेपाल आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू चलचित्र प्रदर्शनको प्रचारका लागि नेपाल आएको बताइन् । चलचित्र परानका निर्देशक दीपक आचार्य (काकु)सँग छलफल गरेर नेपाल आएको बताइन् । 

उनले भनिन्, ‘अब फिल्म रिलिज हुने कुरा भयो, अब जाने कि नजाने भन्नेकुरा भइराखेको थियो । अनि फेरि उहाँसँग कुरा भयो, अनि उहाँसँग कुरा हुँदा दिदी आउन पाए राम्रो हुन्थ्यो भन्ने कुरा गर्नुभयो । मेरो श्रीमानले पनि अहिले चाहीँ फेरि ट्रेन्ड नै रहेछ अब कलाकारहरु चाहीँ स्पेसल्ली फिल्म रिलिजमा उपस्थित हुने, अनि त्यो कारणले गरेर पनि जाने भन्ने फाइनल डिसिजन गर्‍यौं ।’ 

कात्तिक १४ मा प्रदर्शन हुन लागेको चलचित्र परानमा उनी आमाको भूमिकामा छिन् । दीपकप्रसाद आचार्यद्वारा निर्देशित यस चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बाल कलाकार आर्यदीप आचार्य र आरभजंग अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।

सम्बन्धित खबर