
काठमाडौंः स्थानीय स्रोतहरूकाअनुसार पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोको दक्षिण किभु प्रान्तको राजधानी बुकावुमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ ।
प्रत्यक्षदर्शीहरूकाअनुसार आगलागीमा धेरै जना घाइते भएका छन् । हाल शहरभरका अस्पतालहरूमा उपचार गराइरहेका छन् । आगलागीबाट करिव एक दर्जन घरहरू नष्ट भएका छन् ।
अनियन्त्रित निर्माण र उचित शहरी योजना मापदण्ड बिना बनाइएका भवनहरूको निकटताका कारण बुकाभु र यसको वरपरका क्षेत्रहरूमा प्रायः आगलागीका घटनाहरू हुन्छन् । फेब्रुअरी २०२५ देखि यो शहर मार्च २३ आन्दोलन विद्रोहीहरूको नियन्त्रणमा छ ।