२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्रशिक्षित जनशक्तिलाई रोजगारदातासँग भेट गराउन ‘रोजगार मेला’

ADV
मध्यान्ह
२०८१ जेठ २४ गते १६:४१
प्रशिक्षित जनशक्तिलाई रोजगारदातासँग भेट गराउन ‘रोजगार मेला’

काठमाडौँ : ‘सीप मेला’बाट प्रशिक्षण पाएका जनशक्तिलाई रोजगारदातासँग भेट गराउन काठमाडौँ महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गरेको छ । प्रशिक्षणका क्रममा सिकेका सीप र यसबाट प्राप्त दक्षताबाट उत्पादित वस्तु तथा सामग्री मेलामा राखिएका छन् ।

कामपाको सहरी योजना आयोगका सदस्य एवं सीप मेला निर्देशक समितिका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार टुँडिखेलमा हरेक विधासँग सम्बन्धित प्रदर्शनीस्थल राखिएका छन् । सामग्री उत्पादन नहुने खालका सीपको बारेमा ‘भिडियो डिस्प्ले’ र आपसी कुराकानीका आधारमा समन्वय हुने उनले बताए । यससँगै पेसासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिको नाम, सम्पर्क नम्बर र उनीहरुले तालिम लिएको पाठ्यक्रम समेत राखिएको छ ।  

रोजगारदाताले यो बोर्डबाट आफूलाई आवश्यक पर्ने जनशक्तिका बारेमा जानकारी लिन सक्नेछन् । यससँगै सम्बन्धितस्थलबाट आफूलाई आवश्यक पर्ने जनशक्तिसँग सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।  गत वैशाख १९ गतेदेखि टुँडिखेलमा १० वटा विधाका ३० वटा पेसासँग सम्बन्धित तालिम सुरु गरिएको थियो । 

पन्ध्र र ३० दिन अवधिका तालिमबाट दुई हजार सात सय १५ प्रशिक्षार्थीले तालिम लिएका छन् । तालिम संयोजक देवेन्द्र केसीका अनुसार सबैभन्दा धेरै सूचना तथा सञ्चार प्रविधि क्षेत्रबाट छ सय ३९ जनाले प्रशिक्षण प्राप्त गरेका छन् । “१५ दिन अवधिको तालिममा डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर, सिसिटिभी र मोबाइल मर्मत पेसा थिए”, उहाँले भन्नुभयो, “ब्यूटिसियन विधामा पाँच सय ८० जनाले तालिम लिनुभएको छ । यसमा नेलआर्ट, मेकअप, आइलेस, हेयर कट र सैलुन पेसाको तालिम भएको थियो ।”

वेकरी, फास्टफुड, बारिस्ता, बार टेन्डिङ् र वेटर-वेट्रेसमा पाँच सय ३१ प्रशिक्षित भएका छन्  । कामपाले गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला सुरु गरेको थियो ।  

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise