२०८२ कार्तिक १६ गते आइतवार / Nov 02 , 2025 , Sunday
२०८२ कार्तिक १६ गते आइतवार
Ads

नेकपा एससहितको संयुक्त बैठक कात्तिक २० गते बस्ने माओवादी केन्द्रको निर्णय

shivam cement
२०८२ कार्तिक १६ गते १३:१५
नेकपा एससहितको संयुक्त बैठक कात्तिक २० गते बस्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले यही कात्तिक २० गते नेकपा एकीकृत समाजवादीसहितको बैठक बोलाएको छ । 

आइतबार पेरिसडाँडामा बसेको पार्टी सचिवालय बैठकले सो पार्टीसँग एकतागरी संयुक्त बैठक बस्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले १८ गते (मंगलबार) भने पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कमिटी बैठक १८ गते बस्ने र एकीकृत समाजवादी लगायतका एकतामा आउने दलहरुको बैठक भने २० गते बस्ने निर्णय गरिएको पार्टीका नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठक सचिवालयका सदस्य जनार्दन शर्माले भने बहिष्कार गरेका थिए । संयोजक पुष्पकमल दाहालले नेतृत्वमा आफ्नो निरन्तरताका लागि सो पार्टीसँग एकता गर्ने निर्णय गरेकाले आफूलाई मान्य नहुने धारणा उनले शनिबारको बैठकमा राखेका थिए । तर आज भने उनी बैठकमा नआएको पनि पार्टी प्रवक्ता सापकोटाले बताए । उनले शर्मालाई पार्टीले अराजक गतिविधिमा संलग्न भएको निष्कर्ष निकालेको समेत बताए । 

बैठकमा पार्टी एकतापछि दल दर्ता कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

ADV

सम्बन्धित खबर