२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

फुङलिङ नगरपालिकाका इन्जिनयर हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८१ साउन ८ गते १४:११
Shares
फुङलिङ नगरपालिकाका इन्जिनयर हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनयर मो. अख्तर हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले घुस रकमसहित हुसैनलाई पक्राउ गरेको थियो ।

ncell

हुसैनले खेल मैदान निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

हुसैनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता घिमिरेले बताए ।

सम्बन्धित खबर