
रौतहट : फतुवा बिजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवले आफुमाथि लगाइएको आरोप असत्य भएको दाबी गरेको छन् । प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले आफूमाथि लगाइएका सबै आरोप निराधार भएको बताए ।
केही दिनयता सञ्चारमाध्यममा आएको समाचारमा समावेश तथ्यहरूप्रति आपत्ति जनाउँदै यादवले ती आरोपहरूको परीक्षण गरेर पुष्टि गर्न चुनौतीसमेत दिए । अधिकृत यादवले टावर लाइटको भुक्तानीसँग सम्बन्धित कुनै घुस वा कमिसन डिल नगरेको स्पष्ट पारे ।
उनका अनुसार, नगरपालिकाका विभिन्न स्थानमा टावर लाइट जडान र उर्जा कार्यक्रम अन्तर्गतको काम सप्लायर्स ललितेश्वर श्रीवास्तवसँग सम्झौता गरेर सम्पन्न गरिएको हो । तर, सप्लायर्सले आफ्नो तरिकाले टावर लाइट जडान गर्दा विवाद भएको, आवश्यक प्रक्रिया पुरा नभएको र कागजात समयमा पेश नभएर असार मसान्तमा खाता बन्द भएको बताए ।
त्यसपछि जेनजी आन्दोलनका क्रममा सबै कागजात जलेर नष्ट भएको कारण भुक्तानी ढिलाइ भएको उनले बताए ।
यादवले भने, ‘सप्लायर्सले झुठा आरोप लगाएर मिडियामा मेरो प्रतिष्ठामाथि आँच पुर्याएका छन् । समाचारमा आएका विषयवस्तुहरूप्रति गम्भीर आपत्ति छ ।’