२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

मनसुनजन्य विपद्का कारण यस वर्ष १ सय ४४ जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ साउन ८ गते १५:२४
मनसुनजन्य विपद्का कारण यस वर्ष १ सय ४४ जनाको मृत्यु

काठमाडौ : मनसुनजन्य विपद्का कारण यस वर्ष १ सय ४४ जनाको मृत्यु भएको छ भने ४८ जना बेपत्ता भएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले यस वर्ष मनसुन भएको दिन जेठ २८ गतेदेखि हालसम्म प्राकृतिक प्रकोपका १ हजार ५ सय ९२ घटना घटेको र १ सय ४४ जनाको ज्यान गएको जानकारी दिएका हुन् ।

प्राकृतिक विपद्का कारण २ सय ३१ घरमा क्षति पुगेको, ४३ वटा पुल बगेको र ४ हजारभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेको उनले जानकारी दिए ।

प्रभावितहरुलाई आश्यक राहत सामग्रीको प्रबन्ध गरेको तथा मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा रहेको उनले जानकारी दिए ।

उनले ४८ जना बेपत्ता भएकाहरूको पत्ता नलागेका परिवारलाई मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । घटना भएको १० दिनसम्म पनि पत्ता नलागेकाहरूलाई मृतकसरह नै राहत उपलब्ध गराउने निर्णय भएको उनले बताए ।

घाइते १४४ जना मध्ये ५ उपचाररत छन् भने बाँकी सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर गइसकेका छन् । ९ जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

असार २८ मा चितवनको सिमलतालमा बस दुर्घटनामा परी बेपत्ता भएका ६२ जना मध्ये हालसम्म २४ जनाको शव फेला परेको पनि गृहमन्त्री लेखकले जानकारी गराए ।

ADVADV

सम्बन्धित खबर

Advertise