२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

फिलिपिन्समा कलमेगी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो, २६ अझै बेपत्ता

shivam cement
२०८२ कार्तिक १९ गते १३:२५
Shares
फिलिपिन्समा कलमेगी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो, २६ अझै बेपत्ता

काठमाडौंः आइतवार देखि फिलिपिन्समा आएको कलमेगी चक्रवातका कारण मृत्यु हुनेहरुको सङ्ख्या ६६ पुग्नुका साथै, थप २६ जना बेपत्ता भएको फिलिपिन्सकोे नागरिक रक्षा कार्यालय (ओसीडी) ले बुधबार जनाएको छ ।

ओसीडीका उप प्रशासक राफेलिटो अलेजान्ड्रोले  सबै भन्दा बढी प्रभावित सेबु प्रान्तमा चक्रवातका कारण ४९ जनाको मृत्यु भएको मिडियालाई बताएका छन् ।

उनका अनुसार आँधीका कारण कम्तीमा १० जना घाइते भएका छन् भने ७ लाख ६ हजार भन्दा बढी मानिसहरु प्रभावित भएका छन् ।

बुधबार सम्म, फिलिपिन्सकोे  मौसम विज्ञान विभागले कलमेगी केन्द्र एल निडो, पलावनमा २५ किलोमिटर प्रति घण्टाको गतिमा पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै १२० किलोमिटर प्रति घण्टाको अधिकतम हावा र १६५ किलोमिटर प्रति घण्टा हावाको साथ आएको जनाएको छ ।  

विभागका अनुसार कलमेगी यस वर्ष फिलिपिन्स द्वीपसमूहमा प्रहार गर्ने २० औँ चक्रवात  हो । प्रशान्त चक्रवात क्षेत्रमा अवस्थित फिलिपिन्सले प्रत्येक वर्ष औसत २० वटा चत्रदवातको सामना गर्ने गरेको जनाइएको छ । एजेन्सी 

ताजा खबर

सम्बन्धित खबर