२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

‘पूर्वराज्यमन्त्री रायको हत्याबारे सूक्ष्म अनुसन्धान भइरहेको छ’

ADV
मध्यान्ह
२०८१ साउन ८ गते १६:३३
‘पूर्वराज्यमन्त्री रायको हत्याबारे सूक्ष्म अनुसन्धान भइरहेको छ’

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले पूर्वभूमिसुधार सहायकमन्त्री रामचन्द्र रायको हत्यालाई प्रहरीले सूक्ष्म अध्ययन थालेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका ८० वर्षीय रायको हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिएका हुन् ।

“उहाँको घरमा काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । परिचय खुल्न बाँकी तीन जनाको खोजी भइरहेको छ”, गृहमन्त्री लेखकले भने, “सिआइबीबाट सिनियर प्रहरी अफिसर तथा प्राविधिक जनशक्तिसहितको टोली घटनास्थलमा खटिएको छ । यस घटनाबारे सुक्ष्म अध्ययन भइरहेको छ ।”      
    
पूर्वभूमिसुधार सहायकमन्त्री रायको आइतबार राति उनकै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise