
काठमाडौंः उत्तरी अफगानिस्तानमा गत सोमवार गएको भूकम्पका कारण अहिलेसम्म २४ जनाको मृत्यु भएको छ ।
राजधानी काबुल लगायत अफगानिस्तानको केही भागमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । आधिकारिक स्रोतका अनुसार २४ जनाको मृत्यु भएको छ भने ६ सय ३० भन्दा बढी घाइते भएका छन् ।
जसमध्ये धेरैजसो सामान्य घाइते छन् । प्रकोपबाट प्रभावितहरूलाई उद्धार गर्न र मृतकहरूलाई सहयोग गर्न प्रभावित क्षेत्रहरूमा उद्धार टोलीहरूले काम गरिरहेका छन् । एजेन्सी