२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

गैरआवासीय नेपाली ताराका आयोजकले गरे राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

shivam cement
तिलु शर्मा पौडेल
२०८१ साउन ८ गते २०:२२
गैरआवासीय नेपाली ताराका आयोजकले गरे राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

दोहा, कतार : गैरआवासीय नेपाली तारा–२०२३ (चौथो संस्करण)का आयोजकले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा सम्पन्न ‘गैरआवासीय नेपाली तारा सिजन ४’को आम्दानीबाट बचत भएको रकममध्येबाट ३ लाख ५१ हजार रुपैयाँ सहयोग स्वरूप आविष्कार केन्द्रको खातामा जम्मा गरिएको छ ।

‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’ भन्ने नाराका साथ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ, प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन र उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा कुल ८२ हजार २ सय १० रियाल आम्दानी, ६९ हजार ५ सय ४२ रियाल खर्च हुँदा १२ हजार ६ सय ६८ रियाल बचत भएको एनसीसी कतारका कोषाध्यक्ष बुद्ध पाण्डेले मध्यान्हलाई विवरण उपलब्ध गराएका छन् । पाण्डेले केही रकम उठ्न अझै बाँकी रहेको समेत जानकारी दिए ।

आयोजकहरूबीच प्रतियोगिताको बचत रकम मध्येबाट ६५ प्रतिशत मात्र आविष्कार केन्द्रलाई पठाउने संयुक्त सहमतिमा प्रतियोगिताको आयोजना गरिए पनि बचतको अधिकांश रकम पठाइएको तमु (गुरुङ) समाजकी अध्यक्ष तथा प्रतियोगिताकी संयोजक टौमाया गुरुङले बताइन् ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनलाई प्रतियोगिताको फाइनलमा ल्याउन नसके पनि एक पटक कतार निम्त्याएर रकम हस्तान्तरण गर्ने योजना भएता पनि उनी नेपालका ७७ वटै जिल्लामा पुगेर आफ्नो जीवन कथामा आधारित पुस्तक बेच्न व्यस्त भएका कारण रकम आविष्कार केन्द्रको खातामा जम्मा गरिएको एनसीसी कतारका अध्यक्ष रमेश भट्टले बताए । २ फेब्रुअरी २०२४ मा सम्पन्न उक्त प्रतियोगितामा गायन विधातर्फ रुस्तम तामाङ र नृत्य विधातर्फ निरु श्रेष्ठले उपाधि चुमेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise