२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

पूर्वराज्यमन्त्री अन्सारीले लगाएको आरोपप्रति आपत्ति

Nada
शहबाज खान
२०८२ कार्तिक २५ गते २०:५७
Shares
पूर्वराज्यमन्त्री अन्सारीले लगाएको आरोपप्रति आपत्ति

कपिलवस्तु : मधेश प्रदेश सभा सदस्य तथा पूर्वराज्यमन्त्री रहबर अन्सारीले वाईसीएल नेपालमाथि लगाएको आरोपको अध्यक्ष पुष्प ओलीले आपत्ति जनाएका छन् । 

ncell

अध्यक्ष ओलीले प्रतिक्रिया दिँदै भनेका छन्,‘वाईसीएल नेपालले जनसेवा गर्दै श्रम तथा उत्पादन अभियान चलाएको छ । हाम्रो संगठनका कार्यकर्ताहरू अहोरात्र जनताको सेवामा र नेतृत्वको सुरक्षामा खटिएका छन्, तर रहबर अन्सारीज्यूलाई त्यो देखिएन ।’

उनले अन्सारीमाथि झूटो प्रचार गरेको आरोप लगाउँदै थपेका छन्,‘आफु आलिसान महलमा बसेर, सुकिलो–मुकिलो भएर हाम्रो संगठनमा आवद्ध लाखौं कार्यकर्ताको भावनामाथि मिडियामै गएर झूट बोल्ने छुट कसले दियो तपाईंलाई ?’

अध्यक्ष ओलीले अन्सारीलाई चेतावनी दिँदै बेलैमा सार्वजनिक रूपमा माफी मागेर आफूलाई सच्याउन आग्रह गरेका छन् । 

वाईसीएल नेपालले अन्सारीको अभिव्यक्तिलाई गैरजिम्मेवार र भ्रामक भन्दै जनताको विश्वासमाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न आग्रह गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर