२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

यी हुन् सोर्य एयरलाइन्समा सवार यात्रु (नामावलीसहित)

ADV
मध्यान्ह
२०८१ साउन ९ गते १२:४८
यी हुन् सोर्य एयरलाइन्समा सवार यात्रु (नामावलीसहित)

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा सवार सबै एयरलाइन्सकै कर्मचारी रहेको खुलेको छ ।

सौर्य एयरलाइन्सका अनुसार जहाजमा सवार १९ जना एयरलाइन्सकै कर्मचारी हुन् ।  जहाज क्याप्टेन मनिष शाक्य र को पाइलट एस कटुवालले चलाएका थिए ।

जहाजमा सौर्य एयरलाइन्सका कर्मचारीहरू अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, आस्विन निरौला र सुदिपलाल जोशी सवार थिए । यसैगरी, सर्वेश मरासिनी, स्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्या, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा जहाजमा सवार थिए ।

दुर्घटनाग्रस्त जहाजबाट क्याप्टेन मनिष शाक्यको भने उद्धार गरिएको छ भने अन्य १८ जनाको मृत्यु भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise