२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

विमान दुर्घटनाबारे जानकारी लिन गृहमन्त्री विमानस्थलमा 

ADV
मध्यान्ह
२०८१ साउन ९ गते १३:२६
विमान दुर्घटनाबारे जानकारी लिन गृहमन्त्री विमानस्थलमा 

काठमाडौँ : दुर्घटनाग्रस्त सौर्य एयरको विमानबारे जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुगेका छन् । विमान दुर्घटना भएको खबरसँगै गृहमन्त्री लेखक विमानस्थल पुगेका हुन् ।

काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको सौर्य एयरको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको थियो । 

जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise