२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव शिक्षण अस्पतालमा, आजैबाट पोस्टमार्टम शुरु गरिने 

ADV
मध्यान्ह
२०८१ साउन ९ गते १४:२१
विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव शिक्षण अस्पतालमा, आजैबाट पोस्टमार्टम शुरु गरिने 

काठमाडौँ : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकोहरू सबै १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।

शिक्षण अस्पतालले सबै शवहरूको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने जानकारी दिएको छ । सबै प्रक्रिया पुरा गरेर आजै पोस्टमार्टम शुरु गरिने पनि अस्पतालले जनाएको छ ।

बुधबार बिहान जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise