२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

सौर्य विमान दुर्घटना : मृतकहरुको पोस्टमार्टम शुरु

ADV
मध्यान्ह
२०८१ साउन ९ गते १७:४९
सौर्य विमान दुर्घटना : मृतकहरुको पोस्टमार्टम शुरु

काठमाडौँ : सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा मृत्यु भएकाहरुको पोस्टमार्टम शुरु भएको छ । 

पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक खटिएका छन् । अस्पतालका अनुसार एक वटा शवलाई पोस्टमार्टम गर्नका लागि चार घण्टाभन्दा बढी समय लाग्छ । 

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान उड्ने बित्तिकै दुर्घटना भएको थियो ।

जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ ।

विमानमा १९ जना एयरलाइन्सकै कर्मचारी सवार थिए । दुर्घटनाग्रस्त विमानबाट क्याप्टेन मनिष शाक्यको भने उद्धार गरिएको छ भने अन्य १८ जनाको मृत्यु भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise