२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशन सरगर्मी : सहमति जुट्यो, शुक्रबार बिहान शपथको तयारी

Nada
तिलु शर्मा पौडेल
२०८१ साउन ९ गते १९:०४
Shares
प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशन सरगर्मी : सहमति जुट्यो, शुक्रबार बिहान शपथको तयारी

दोहा, कतार : गत शुक्रबार सम्पन्न प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनको बन्द सत्रबाट निर्वाचित नयाँ कार्यसमिति चयन प्रक्रिया समय अभावका कारण रोकिए पनि मंगलबार साँझ अन्तिम बिन्दुमा पुगेको छ ।

ncell

एकै पदमा धेरै जनाको उम्मेदवारी परेपछि बन्द सत्रदेखि सोमबार साँझसम्म नयाँ कार्यसमिति चयनका लागि भएका प्रयास सफल हुन नसके पनि मंगलबार साँझ सफल भएको हो ।

मंगलबार साँझ सम्सारा रेस्टुरेन्टको सभा हलमा बसेको बैठकले नयाँ कार्यसमितिको टुंगो लगाएको बुझिएको छ । अध्यक्ष पदका आकांक्षीहरूले चूडामणि कार्कीलाई ग्रिन सिग्नल दिएसँगै नयाँ कार्यसमितिलाई अन्तिम रूप दिन निर्वाचन समितिसहितको टिम अगाडि बढेको छलफलमा सहभागी एक नेताले मध्यान्ह दैनिकलाई जानकारी दिए । उनले आगामी शुक्रबार बिहान शपथ ग्रहण गराउने तयारी निर्वाचन समितिले गरेको ती नेताले बताए ।

अधिवेशनलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरिया, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापालगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

सम्बन्धित खबर