२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

‘नेपाल–पोर्चुगल दर्पण’ स्मारिका विमोचन

ADV
भरत प्रधान
२०८१ साउन ९ गते २०:३३
‘नेपाल–पोर्चुगल दर्पण’ स्मारिका विमोचन

लिस्बन : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्धारा प्रकाशित ‘नेपाल–पोर्चुगल दर्पण’ स्मारिकाको विमोचन गरिएको छ ।

संघले राजधानी लिस्बनमा आइतबार एक कार्यक्रमको आयोजना गरी स्मारिकाको विमोचन गरेको हो । स्मारिकाको विमोचन गर्दै संघका संस्थापक अध्यक्ष पूर्णबहादुर हमालले विदेशी भूमिमा रहेर नेपाली पुस्तक प्रकाशन गर्नु ऐतिहासिक र सरहानीय कार्य भएको बताए । पोर्चुगलमा रहेका नेपालीका लागि सूचनामुलक र सन्देशमुलक पुस्तक प्रकाशन गरेको भन्दै हमालले प्रशंसा समेत गरे । 

कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य एवं स्मारिकाका सम्पादक राजकुमार थापाले समग्र विषयवस्तुलाई समेटेर पुस्तक प्रकाशन गरिएको उल्लेख गर्दै पोर्चुगलबासी नेपालीका लागि पुस्तक अत्यन्तै उपयोगी र संग्रहणीय रहेको बताए । स्मारिकाका लागि लेख, रचना र साहित्यिक सामाग्री उपलब्ध गराएर पुस्तकलाई पठनीय र जानकारीमुलक बनाउन सहयोग गरेको भन्दै सम्पादक थापाले सबैप्रति आभार प्रकट गरे ।

संघका अध्यक्ष उमेश खड्काले पोर्चुगलबासी नेपालीको भावनालाई समेट्ने गरी पुस्तक प्रकाशन गरिएको बताउँदै पुस्तक प्रकाशन गर्न सहयोग गर्ने सम्बन्धित सबैलाई धन्यवाद ब्यक्त गरे ।

पुस्तकमा पोर्चुगलसम्बन्धी संक्षिप्त जानकारी, पोर्चुगलमा नेपालीको अवस्था, एनआरएनए गतिविधि, आधारभूत पोर्चुगिज भाषा, आप्रवासी सम्बन्धी कानूनी तथा कागजी प्रक्रिया लगायतका जानकारीमूलक लेख, रचना र साहित्य समेटिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise