२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

हाइड्रोपावर बन्द हुँदा अन्धकारमा बस्न बाध्य रिगुलीकावासी

ADV
बिन्द्र राई
२०८१ साउन ९ गते २१:५०
हाइड्रोपावर बन्द हुँदा अन्धकारमा बस्न बाध्य रिगुलीकावासी

उदयपुर : उदयपुरको एक हाइड्रोपावर दुई वर्षदेखि बन्द हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । जिल्लाको ताप्ली गाउँपालिका वडा नं. ४ अन्तर्गत रिगुलीमा रहेको राकुला हाइड्रोपावरको नहर वर्षाले बगाएको छ भने पावर हाउसका उपकरणहरु समेत बिग्रिएको अवस्था छ । 

२५ किलोवाटको हाइड्रोपावर बन्द हुँदा हुँदा रिगुली, थुम्की, जतनपुर,  लगायत गाउँका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । वर्षातले नहर बगाउने गरेको तथा पावर हाउसको उपकरण बिग्रिएर २ वर्षदेखि विद्युत बन्द भएको स्थानीयले बताएका छन् । 

ताप्ली गाउँपालिका ४ का वडाअध्यक्ष उमेश मगरले उक्त पावर हाउसबाट रिगुली, खोलागाउँ, भीरगाउँ, ठानागाउँ, थुम्की लगायत गाउँका   ३ सय घरधुरीले बिजुली बाल्ने गरेको बताए । वडाअध्यक्ष मगरले सो पावर हाउस सञ्चालनको लागि कहिकतै पहल कदमी नभएको समेत बताए । 

राकुली हाइड्रोपावर निर्माण समितिका अध्यक्ष डिग बहादुर ठकुरीले अनुमानित १ करोड २५ लाख लागतमा हाइड्रोपावर निर्माण सम्पन्न भएसँगै सञ्चालनमा रहेको २५ किलोवाट बिजुली उत्पादन दिइरहेको सो पावर हाउसले गाउँ विकास समिति हुँदाको अवधिमा १,२,३,४,५,६,९ वडाका ३ सय घरधुरीले   बत्ती बाल्ने गरेको बताए । 

ठकुरीले पावर हाउसको एल्सी बोर्ड बिग्रिएको  र जेनेरेटरमा समस्या आउनुका साथै  विद्युत महसुल उठ्न, मर्मत र प्राविधिक खर्च व्यवस्थापनमा समस्या भएको बताए । उनले पावर हाउस सञ्चालनको लागि पालिकाले बजेट नछुट्याएको र महंगो भएतापनि बिजुली बिक्री वितरणको लागि राष्ट्रिय प्रशारण लाइनमा जोड्ने  विषयमा   प्रदेश र केन्द्र सरकारसँग  पहल गरिएको भएतापनि सकारात्मक नदेखिएको र सहयोगबाट पछि हट्दै समुदायले नै सञ्चालन गर्नु पर्नेमा जोड दिइएको बताए । 

नेपाल विद्युत वितरण शाखा उदयपुरको प्रमुख विजय बाबु खत्रीले  बिजुली बत्ती बाल्नका लागि  लाइन विस्तारसँगै  पोल, मिटरबक्स, तार, ट्रान्समिटर जडान  लगायत कार्यहरु धमाधम भइरहेको बताए ।

खत्रीले बिजुलीको लाइन विस्तारसँगै बिजुली बाल्ने काम पनि भएको बताए । ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले राकुला हाइड्रोपावर सञ्चालनको लागि  केही पहल कदमी अगाडि नबढाइएको  जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise