२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सत्ती भन्सारमा लक्ष्यअनुसार उठेन राजस्व

shivam cement
२०८२ मंसिर २ गते १६:३३
Shares
सत्ती भन्सारमा लक्ष्यअनुसार उठेन राजस्व

कैलाली : कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनाकाे अवधिमा लक्ष्यअनुसार राजस्व असुली गर्न नसकेको पाइएको छ ।

 चालु आर्थिक वर्षमा भन्सार विभागले सत्ती भन्सारलाई कात्तिक महिनासम्म ५ करोड ३२ लाख ७१ हजार रुपैयाँ लक्ष्य ताेकेकाेमा कात्तिक महिनासम्म ४ करोड ३२ लाख ६५ हजार ५ सय ८५ रुपैयाँ मात्र असुली भएको सत्ती भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख पदम भट्टले जानकारी दिए । चार महिनाको असुली लक्ष्यकाे ८१ प्रतिशत मात्र राजस्व संकलन भएको हो । असुली गरेको राजस्व कात्तिकसम्मकाे लक्ष्यभन्दा १ करोड रुपैयाँले कम हो ।

पछिल्लो चार महिनामा संकलन भएको राजस्व हेर्दा कार्यालयले साउनमा ६३ लाख ३७ हजार १३२ रुपैयाँ अर्थात लक्ष्यकाे ४९.१७ प्रतिशत, भदौमा ९० लाख ७० हजार १२४ रुपैयाँ अर्थात लक्ष्यकाे ६७.४३ प्रतिशत, असाेजमा १ करोड ६८ लाख १७६ रुपैयाँ अर्थात लक्ष्यकाे १२७.७१ प्रतिशत र कात्तिकमा १ करोड १९ लाख ८२ हजार २१५ रुपैयाँ अर्थात लक्ष्यकाे ८१ प्रतिशत लक्ष्य प्राप्त गरेको देखिन्छ । 

सत्ती भन्सारले साउन, भदौ र कात्तिकमा लक्ष्य हासिल गर्न सकेको छैन भने असाेजमा मात्र लक्ष्य हासिल गरेको छ । चालु आर्थिक वर्षमा सत्ती भन्सार कार्यालयले १५ करोड ८४ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको निमित्त कार्यालय प्रमुख भट्टले जानकारी दिए । गत आर्थिक वर्षमा कार्यालयले १२ करोड ७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा १४ करोड ३७ लाख ८२ हजार रुपैयाँ असुली गरेको थियो ।

खुला नाका भएकाले भन्सार छली हुने गरेको टिकापुर उद्योग वाणिज्य संघका सदस्य सर्पराज साउदकाे भनाइ छ । सत्ती भन्सार कार्यालयले नियमितरूपमा गस्ती गरे तस्करी नियन्त्रण हुने र भन्सारले मासिक रूपमा लिएकाे राजस्व असुलीकाे लक्ष्य सजिलैसँग पूरा हुने साउदले दाबी गरे ।

विशेषगरी यस नाकाबाट कपडा हार्डवयर र सिजनेवल सामान भित्रीने गरेको तथ्यांकले देखाएको छ । 

सम्बन्धित खबर