२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

महिला चेम्बरले गर्‍यो उद्यमशीलता अभिमुखीकरण

Nada
२०८२ मंसिर ३ गते २०:४९
Shares
महिला चेम्बरले गर्‍यो उद्यमशीलता अभिमुखीकरण

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरले ‘स्टार्टअप, उद्यमशीलता तथा उद्यम संवर्धन केन्द्र’सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । महिला, युवा तथा पुरुष उद्यमीहरूलाई उद्यम विकास, स्टार्टअप कर्जा तथा उद्यम प्रवर्धनका उपलब्ध अवसरबारे जानकारी प्रदान गर्न बुधबार सो कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले स्टार्टअप कर्जासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै १५ करोड रुपैयाँभन्दा कम कारोबार भएका विधिवत् दर्ता उद्योग तथा फर्महरूले कर्जा सुविधा प्राप्त गर्न सक्ने बताएका थिए । उनले विगत १० वर्षभित्र १५ करोडभन्दा बढी कारोबार नभएको, नवीन तथा सिर्जनशील सोचलाई उद्यममा रूपान्तरण गरेको र तीव्र वृद्धिको सम्भावना भएको व्यवसायले कर्जा आवेदन दिन पाउने स्पष्ट पारे । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बेरोजगारी र अवसरको अभावले युवाहरू देश छोड्न बाध्य भइरहेको प्रमुख समस्या भएको बताए । उनले स्टार्टअप र उद्यमशीलता विकासले मात्रै रोजगारी सिर्जना हुने पनि बताए । 

कार्यक्रमका नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिलालाई मात्र होइन, युवा तथा पुरुष उद्यमीहरूलाई समेत उद्यमशीलता प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको बताएकी थिइन् । उनले व्यवसाय प्रवर्धनका लागि समयमै जानकारी उपलब्ध गराइनु आवश्यक रहेको र यस्ता कार्यक्रमले उद्यम विकासमा सहजता ल्याउने विश्वास व्यक्त गरिन् ।

सम्बन्धित खबर