
काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि केबल उत्पादक लिटमस केवल्स सुदूरपश्चिम रोयल्सको ‘कनेक्टिभिटी’ पार्टनरका रूपमा जोडिएको छ ।
मंगलबार काठमाडौंमा लिटमस इन्डस्ट्रिज लिमिटेडका एसोसियट उपाध्यक्ष सन्जिव झा र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले सो विषयमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि बोल्दै सुदूरपश्चिमका सिइओ खड्काले देशको अग्रणी ब्रान्ड लिटमससँग जोडिन पाउँदा खुसी व्यक्त गरेका थिए । उनले भने, ‘यसले सुदूरपश्चिमको टिमसँग राम्रो सम्बन्ध जोड्ने माध्यम बन्नेछ ।’
त्यस्तै, लिटमस इन्डस्ट्रिजका एसोसियट उपाध्यक्ष सन्जिव झाले सुदूरपश्चिमसँगको सहकार्यले नेपालका प्रतिभालाई पहिचान गर्न र आगामी पुस्ताका खेलाडीलाई सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।