लेक्सिनटन, अमेरिका : पछिल्लो समय अमेरिकामा रहेका नेपाली सिनेकर्मीहरु पनि सक्रिय हुँदै आएका छन् । यस्तै अमेरिकामा रहेर पनि चलचित्र, भिडियो निर्माण निर्देशनमा सक्रिय निर्देशक सुमन दाहालको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म ‘शंका’ निर्माण गरिएको छ । यो सर्ट फिल्मलाई सम्राट क्रियसन युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।
यो चलचित्रकोे छायाँकन अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसका आसपासका क्षेत्रमा गरीएको थियोे । लघु चलचित्र शंकामा चुडामणि अवस्थी, सविता चौलागाई केसी, बिष्णु डुम्रे, भुवन लोहनी, सन्दिप अर्यालसहितका कलाकारको अभिनय रहेको छ ।
चुडामणि अवस्थीको कथा र अक्की शर्माको छायांकन रहेको यो फिल्ममा सन्दिप अर्यालले ब्यबस्थापनको काम गरेका छन । शंकाको सम्पादन भने भुपेन्द्र अधिकारीको रहेको छ । रेनिश फागोल् कलर र मुकेश साहको मिक्सिंग तथा एलिस कार्कीको पार्श्व संगित रहेको शंकामा सुदन डोटेल र सरोज प्याकुरेलले शबटाइटल गरेका छन् । श्रीमान श्रीमतीबीचमा हुने शंकाले कस्तो अवस्था निम्त्याउँछ भन्ने कुरा चलचित्रमा समेटिएको निर्माण पक्षले जनाएको छ । निर्देशक सुमनले भने, ‘हामीले पारिवारिक समस्याको विषयलाई उठाएर शिक्षा, सचेतना फैलाउने खालको सन्देशमुलक चलचित्र बनाएका छौं ।’
हालैमात्र उनले हेर्दा हेर्दै यो केटी, यो जीवन मीठो, तिमीसग छुट्टिएर सहित केही म्युजिक भिडियो पनि त्यहीँबाट निर्माण/निर्देशन गरेर सार्वजनिक गरिसकेका छन् । उनले केही महिना यताबाट आफ्ना निर्देशनमा नियमति रुपमा अमेरिकाबाटै ल्याक्सिनटन दोहोरी कार्यक्रम निर्माण एवं प्रस्तुत गर्दै आएका छन् ।
मन परेपछि, नो स्मोकिङ जस्ता चलचित्र निर्देशन गरेका सुमन नेपाली चलचित्र निर्देशक समाजका पूर्व उपाध्यक्ष हुन् ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies