२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

अनुचित लेनदेनसम्बन्धी उजुरीका चाङ

ADV
मध्यान्ह
२०८१ साउन १० गते १२:३४
अनुचित लेनदेनसम्बन्धी उजुरीका चाङ

महोत्तरी : स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी निवेदनका चाङ लागेका छन् । आर्थिक वर्ष २०८०-८१ सम्म दुई हजार पाँच सय ७३ वटा निवेदन फस्र्यौट नभएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महोत्तरीमा यस प्रकृतिका निवेदन दुई हजार आठ सय नौवटा परेकामध्ये दुई सय ३५ वटा मात्र फस्र्यौट भएका छन् । अदालतमा विचाराधीन मुद्दा धेरै भएकाले निराकरणमा जटिलता भएको प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसबार बताउछन् ।

सरकारले मिटरब्याजबाट ठगिएकालाई उजुरी गर्न आह्वान गरेपछि स्थानीय प्रशासन र  प्रहरी कार्यालयमा निवेदनको चाङ लागेको उनले बताए ।  कानुनी सीमाका कारण धेरै मुद्दामा निर्णायक छलफल नै हुन नसकेको उनको कथन छ ।

ADVADV

सम्बन्धित खबर

Advertise