२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

अमन आइपिएम ट्रेनिङ सेन्टरको शुभारम्भ

shivam cement
२०८२ मंसिर ६ गते २१:२०
Shares
अमन आइपिएम ट्रेनिङ सेन्टरको शुभारम्भ

काठमाडौं : अमन आइपिएम ओभरसिज प्रालिअन्तर्गत सान्क्यू ट्रेनिङ सेन्टरले वैदेशिक रोजगारीका लागि जापान जाने दक्ष कामदारका लागि बृहत् आकारमा उच्चस्तरीय तालिम प्रदान गर्दै आएको छ । अमन आइपिएम ओभरसिज प्रालिसहित जापानी, कोरिया, ताइवानी र भियतनामी समन्वयमा खुलेको अमन आइपिएम सानक्यू ट्रेनिङ सेन्टरको शुक्रबार उद्घाटन गरिएको छ ।

काठमाडौंस्थित बालुवाटारमा स्थापना गरिएको तालिम केन्द्रको बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयकी निवर्तमान मन्त्री हरिप्रभा खड्गीले शुक्रबार उद्घाटन गरेकी हुन् । साथै, अमन आइपिएम ओभरसिज प्रालिका अध्यक्ष प्रदीप श्रेष्ठ, जापानी प्रतिनिधिका टोयो युनियन अध्यक्ष सातो मियाजाकी, काठ युनियन प्रतिनिधि मुराता यो, कनेक्ट युनियनका प्रतिनिधि इमादा ताकओ, भियतनाम प्रतिनिधि हान्त तुआन लगायतका अतिथिले संयुक्त रूपमा रिवन काटेर तालिम केन्द्रको उद्घाटन गरेका थिए । 

तालिम केन्द्रको उद्घाटन समारोहमा जापानका २९ वटा संस्थाका २९ जना व्यवसायी टोली सहभागी भएको थियो । नेपालमा दक्ष कामदार तालिमको उद्देश्य राखेर नेपाल आएको यो पहिलो र ठुलो प्रतिनिधिमण्डल मानिएको छ ।

अमन आइपिएम ट्रेनिङ सेन्टरले वैदेशिक रोजगारीका लागि जापान जाने दक्ष कामदारका लागि बृहत् आकारमा उच्चस्तरीय तालिम प्रदान गर्दै आएको छ । कार्यक्रममा अमन आइपिएम प्रतिनिधि होआङ तुआनले सीप तालिम केन्द्रको तालिमसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका थिए ।

जापानमा औद्योगिक मेसिन उत्पादन उद्योग, इलेक्ट्रिक तथा एलेक्ट्रोनिक्स उद्योग, नर्सिङ तथा स्याहार, भवन सरसफाइ र व्यवस्थापन, कच्चा माल उत्पादन उद्योगदेखि कृषि, मत्स्यपालन तथा अक्वाकल्चर, खाना तथा पेय पदार्थ उत्पादन, खाद्य सेवासहित निर्माण, पानी जहाज निर्माण तथा मेसिनरी उद्योग, अटोमोबाइल मर्मतसम्भार, उड्डयन, होटलसम्बन्धी उद्योगमा विदेशी कामदारको माग रहेको छ ।  

उद्घाटन कार्यक्रममा अमन आइपिएम ओभरसिज प्रालिका अध्यक्ष प्रदीप श्रेष्ठले सीपमूलक रोजगारमा जापान जाने युवायुवतीलाई लक्षित गरेर स्थापना गरिएको सो तालिम केन्द्रमा नेपाली युवायुवतीले निःशुल्क सीप तथा जापानी भाषा सिक्न पाउने जानकारी दिए । 

श्रेष्ठले नेपाली कामदार खाडी र मलेसियाको न्यून तलब पाउने र जोखिमपूर्ण काममा गइरहेको बाध्यतालाई परिवर्तन गरी आकर्षक तलब पाउने जापानको रोजगारीमा पठाइने बताए । उनले जापान जान चाहने युवायुवतीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तालिम दिएर सीप र दक्ष बनाउने तालिम केन्द्रको मूल लक्ष्य रहेको पनि जानकारी दिए । उनले तालिम लिएकाहरू युरोपेली मुलुकको रोजगारीका लागिसमेत योग्य हुने मध्यान्ह दैनिकसँगको कुराकानीमा बताए ।

तालिम केन्द्रमा जापान सरकारको मापदण्डअनुसार नेपालीलाई योग्य बनाउने गरी पाठ्यक्रम तयार गरिएको बताउँदै श्रेष्ठले जापानी रोजगारदाताहरू सीप र तालिमसहित जापानी भाषामा दक्ष कामदारको खाजीमा रहेकाले जसरी भएपनि अनुशासनमा रहेर जापानी भाषामा पोख्त हुन प्रशिक्षार्थी युवायुवतीहरूलाई आग्रह गरेका थिए । श्रेष्ठले एसएसडब्लुअन्तर्गतका सफल प्रशिक्षार्थी निःशुल्क रूपमा जापान जान पाउने र त्यसको खर्च रोजगारदाताले व्यहोर्नुपर्ने प्रबन्ध मिलाइएको बताए । 

जापानमा नेपाली कामदारले कर्मठ, इमानदार र बहादुरको पहिचान बनाएर काम गरिरहेको भन्दै ओभरसिजका म्यानेजिङ डाइरेक्टर शिशिरकुमार शर्माले एन फाइभ स्तरको भाषाको ज्ञान दिनुका साथै जापानी श्रम बजारको माग अनुसारको सीप सिकाउने आइपिएम सानक्यू ट्रेनिङ सेन्टरको उद्देश्य रहेको जानकारी दिए । 

कार्यक्रममा नेपाली तथा जापानी कला संस्कृति झल्काउने सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो ।

ADV

सम्बन्धित खबर