२०८३ कार्तिक १२ गते बिहिवार / Oct 29 , 2026 , Thursday
२०८३ कार्तिक १२ गते बिहिवार

मोबाइल ग्यारेज एप सार्वजनिक

Nada
२०८२ मंसिर ६ गते २१:२२
Shares
मोबाइल ग्यारेज एप सार्वजनिक

काठमाडौं : सीपलाई समाधानसँग जोड्ने नाराका साथ ‘मोबाइल ग्यारेज एप’ लन्च भएको छ । शनिबार काठमाडौंमा मोबाइल ग्यारेज टिमले एक कार्यक्रमको आयोजना गर्दै मोबाइल ग्यारेज नामक एप सार्वजनिक गरेको हो ।

सो एप समूदाय केन्द्रित डिजिटल प्लेटफम हो, जसले सवारी धननीहरूलाई लक्षित गरि सेवा दिने गर्छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले एप उद्घाटन कार्यक्रममा बोल्दै नेपालका जुनसुुकै सडक सञ्जालमा यात्रा गरिरहेको समयमा सवारी साधन बिग्रिए उक्त ठाउँमा मोबाइल ग्यारेज एपमार्फत मेकानिकहरू पुग्ने बताए ।

‘नेपालमा पहिलो पटक यस्ता एपहरुको सुरुवात गरिएको छ, हामीले प्रयोग गर्ने सवारी साधन विरामी भए ग्यारेज लानुपर्छ, नेपालका जुनसुकै सडक सञ्जालमा यात्रा गरिहेका हुन्छौँ, कतै बिग्रियो भने समस्यामा पर्छौं, त्यसमा यस्ता एपहरूको मद्दतले जहाँ सवारी साधन बिग्रियो त्यहाँ मेकानिकहरू पुगेर सहयोग गर्छन् र गन्तव्यमा पुग्न सहयोग पुग्छ’, गजुरेलले भने ।

गजुरेलले यातायात क्षेत्रलाई सुव्यवस्थित गर्नुपर्ने भन्दै विकासको आधार नै यातायात रहेको बताए । साथै, उनले नेपालमा सडक व्यवस्थित गर्न र सुरक्षित यात्राका लागि सबैभन्दा बढी नेपाल प्रहरी खटिएको भन्दै ट्राफिक प्रहरीलाई धन्यवाद दिँदै प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्ने बताए ।

यस्तै, कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रवक्ता नरेशराज सुवेदीले व्यापार, व्यावसाय तथा आर्थिक कारोबारलगायत सबै क्षेत्रमा प्रविधिको प्रयोगले सहज भएको भन्दै प्रविधिलाई सदुपयोग गर्नुपर्ने बताएका थिए । उनले मोबाइल ग्यारेज एपले राजमार्गमा जथाभावी खोलिएका ग्यारेजको समस्या पनि समाधान हुने बताए ।

ग्यारेज एपमार्फत अटोसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध हुने, एपलाई पर्सनल कम्प्युटर र मोबाइल दुवैमा प्रयोग गर्ने सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आफ्नो सवारी साधन मर्मत, सर्भिसिङ तथा पार्टपुर्जाका लागि आफू अनुकूल समयमा बुकिङ गरी सेवा लिन सकिने छ ।

सम्बन्धित खबर