२०८३ कार्तिक २२ गते आइतवार / Nov 08 , 2026 , Sunday
२०८३ कार्तिक २२ गते आइतवार

स्वास्थ्य मन्त्रीद्वारा सौर्य एयर दुर्घटनाप्रति दुःख व्यक्त

Nada
२०८१ साउन १० गते १२:४४
Shares
स्वास्थ्य मन्त्रीद्वारा सौर्य एयर दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन् । 

आज महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा उनले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाजञ्ली अर्पण गरेका हुन् । 

दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गरे । 

“अस्पतालका अनुसार डीएनए गर्न नपर्ने, पहिचान भएका सबैको भोलि साँझसम्म शव हस्तान्तरण गर्ने भनिएको छ”, उनले भने, “शव हस्तान्तरणमा सहजीकरण गरिदिनु होला ।” उनले मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

laxmi recruitement

सम्बन्धित खबर