२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

बंगलाशदेशको आन्दोलनका कारण विद्युत् खरिद-बिक्री सम्झौता रोकियो

ADV
मध्यान्ह
२०८१ साउन १० गते १३:१२
बंगलाशदेशको आन्दोलनका कारण विद्युत् खरिद-बिक्री सम्झौता रोकियो

काठमाडौँ : बंगलादेशसँग हुने भनिएको ४० मेगावाट विद्युत् बिक्री सम्झौता रोकिएको छ । बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक आन्दोलनका कारण तत्कालका लागि सम्झौता रोकिएको हो ।

यसअघि यही साउन १३ गतेका लागि सम्झौता समय तोकिएको थियो । बंगलादेशबाट र भारतबाट समेत प्रतिनिधि काठमाडौँ आएर नेपालसहित त्रिपक्षीय सम्झौताको समय तय भएको थियो । तर, बंगलादेशमा भएको हिंसात्मक आन्दोलनका कारण तत्काललाई रोकिएको हो ।

बंगलादेशले पठाएको पत्रमा अर्को बैठक कहिले बस्ने भन्ने बारे उल्लेख छैन । यद्यपि, देशको आन्तरिक मामिला सुल्झिएपछि बैठक गर्नेगरी प्रतिबद्धता आएको छ । नेपालसँग बिजुली किन्नका लागि बंगलादेशको मन्त्रीपरिषद् बैठकले निर्णय नै गरिसकेको छ ।

यस्तै आशयपत्र पनि आइसकेको छ । यसबाहेक बंगलादेशले नेपालबाट लैजाने बिजुलीको मूल्य प्रतियुनिट ६ दशमलव ४० सेन्ट हुन आउँछ । यो ८ रुपैयाँ हाराहारी हो ।

ADVADV

सम्बन्धित खबर

Advertise