
काठमाडौं : आइतबार साताको पहिलो दिन नेप्से सूचक ३९.९२ अंकले उक्लँदै २६०० अंकसम्म पुगेको छ । बजार खुल्दै उकालो लागेको नेप्से दिनभर हरियो रह्यो । कुल २३७ कम्पनीको मूल्य बढ्दा १८ घटे र २ स्थिर रहे ।
कारोबार रकम पनि उल्लेख्यरूपमा बढेर बिहीबारको ४ अर्ब ६८ करोडबाट आज ६ अर्ब २८ करोडमा पुगेको छ । लगानी र जीवन बीमा समूहले २ प्रतिशतभन्दा बढी वृद्धि देखाए । बैंकिङ, विकास बैंक, फाइनान्स, होटल–पर्यटन, जलविद्युत्, माइक्रोफाइनान्सलगायत सबै उपसूचक हरियो रहे ।
सागर सिस्टिलरी, बन्दीपुर केबुलकार र झापा इनर्जीका सेयर १० प्रतिशतले उक्लिए । स्वस्तिक लघुवित्त ८.१९, छ्याङ्दी हाइड्रो ६.२९, जोशी हाइड्रो ५.९३ र समता लघुवित्त ४.९७ प्रतिशतले बढे। पिपुल्स हाइड्रोपावर ७.६५ प्रतिशतले घट्दै सबैभन्दा कमजोर रह्यो ।
सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, राधि विद्युत्, नेपाल पुनर्बीमा र शिवम् सिमेन्ट रहेका छन् ।