२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायाँकन शुरु, नयाँ अभिनेत्रीमा अलिशाको प्रवेश

ADV
मध्यान्ह
२०८१ साउन १० गते १३:२७
‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायाँकन शुरु, नयाँ अभिनेत्रीमा अलिशाको प्रवेश

काठमाडौं : कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायाँकन शुरु गरिएको छ ।

गत जेठ २४ गतेबाट छायाँकन शुरु गरेर केही दिनअघि ओखलढुंगाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पूरा गरिएको फिल्मको पहिलो चरणको छायाँकन सकिएसँगै भक्तपुरको दुवाकोटबाट दोस्रो चरणको छायाँकन शुरु गरिएको हो ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा नयाँ अभिनेत्रीमा अलिशा बास्तोलाको प्रवेश भएको छ । उनको यो डेब्यू फिर्चड फिल्म हो । यस अघि उनले दजनौं म्युजिक भिडिओमा काम गरिसकेकी छिन् ।

‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ । यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । यो फिल्मको बालकालकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने छ ।

दोस्रो सेड्यूलको छायाँकन बिहीबारबाट शुरु गरिएको जानकारी दिँदै निर्माता विनोद पौडेलले अलिशालाई अनुबन्धित गराइएको बताए । फिल्ममा अलिशाको भूमिका विशेष रहेको उनले जानकारी दिए । यस फिल्मलाई अन्तर्राष्ट्रियरूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

सोसल-ड्रामा जनरा रहेको फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेको निर्मापक्षको भनाइ छ । फिल्मका निर्देशन सरोज पौडेल हुन् । फिल्ममा उनी स्वयमको कथा रहेको छ । विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी कर्ता रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ ।

फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहेको छ । फिल्मका गीतहरूमा प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको आवाज रहने छ । निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise