
जेरुसलेम : प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहलाई लेबनानमा पुनः संगठित हुनबाट रोक्न इजरायलले आवश्यक सबै कदम चाल्ने र हमासलाई गाजामा त्यसो गर्नबाट रोक्ने बताएका छन् । ‘गत हप्ता इजरायलले छिमेकी लेबनानमा हेजबुल्लाहको लन्चर र सैन्य स्थलसहिच धेरै स्थानमा आक्रमण गरेको छ,’ इजरायली सेनाले भनेको छ ।
गाजाको नागरिक सुरक्षा निकायले भनेको छ, ‘इजरायली हवाई आक्रमणमा २१ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन् ।’ हमास र इजरायलले अक्टोबर १० देखि सुरु भएको युद्धविराम फेरि उल्लंघन गरेको आरोप एक आपसमा लगाएका छन् । ‘हामी धेरै मोर्चाहरूमा आतङ्कवादविद्धको आक्रमणलाई जारी राख्नेछौँं,’ नेतान्याहूले क्याबिनेट बैठकको सुरुमा भने ।
यस सप्ताहन्तमा आईडीएफ (इजरायली सेना) ले लेबनानमा आक्रमण गरेको छ र हामी हिजबुल्लाहलाई आफ्नोबिरूद्ध शक्ति पुनः स्थापित गर्नबाट रोक्न आवश्यक सबै कुरा जारी राख्नेछौं । हामी गाजा पट्टीमा पनि यही गरिरहेका छौं । युद्धविरामपछि हमासले यसको उल्लङ्घन गर्न छोडेको छैन र हामी तदनुसार कार्य गरिरहेका छौं ।
दुई वर्षको युद्धपछि इजरायल र हमासबीच अमेरिकी मध्यस्थतामा भएको युद्धविराम लागू भएपछिको शनिबार सबैभन्दा घातक दिनहरू मध्ये एक थियो । इजरायली सेनाले भनेको छ, ‘एक ‘सशस्त्र आतंकवादी’ ले इजरायली सेनाले पछाडि हटेको गाजा पट्टी भित्रको सीमा पार गरेको र इजरायली सैनिकहरूमाथि गोली चलाएको छ । यो युद्धविराम सम्झौतामा पार नगर्ने सहमति भएको थियो ।’
त्यसको जवाफमा सेनाले गाजा पट्टीमा रहेको आतङ्कवादीहको आश्रयस्थलमा आक्रमण गर्न थालेको बताइएको छ । हमासले ‘हाम्रा सैनिकहरूलाई हानि पुर्याउने प्रयास’ मासीमा रेखाभन्दा बाहिर घुसपैठ गर्न ‘धेरै प्रयासहरू’ गरेको छ, नेतान्याहूले आइतबार भने ।
उनले भने, ‘हामीले ठूलो शक्तिका साथ यसलाई विफल पारेका छौँ र यसको बदला पनि लिएका छौँ र यसको हमासले धेरै ठूलो मूल्य चुकाउनुपर्नेछ ।’ प्रधानमन्त्री नेतान्याहूले इजरायललाई गाजा वा लेवनानमा आक्रमणका लागि बाहिरबाट अनुमोदन चाहिन्छ भन्ने कुरा ‘पूर्ण गलत’ भएको बताएका छन् । –रासस/एएफपी