२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

एनआइसी एसियाका ग्राहकलाई थेरापीमा छुट

shivam cement
२०८२ मंसिर ७ गते २१:३४
Shares
एनआइसी एसियाका ग्राहकलाई थेरापीमा छुट

काठमाडौं : एनआईसी एशिया बैंकका ग्राहकले काइरोप्राक्टिक एन्ड म्यानुअल थेरापी सेन्टरमा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । यस सम्बन्धमा थेरापी सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ । 

सम्झौतापश्चात् बैंकका ग्राहकले बालुवाटार तथा त्रिपुरेश्वर काठमाडौं र बुटवलमा रहेको सेन्टरका शाखाहरूमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

सो सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले जानकारी दिए ।

सम्बन्धित खबर