२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

गरिमाको वार्षिकोत्सवको अवसरमा देशभर कार्यक्रम

shivam cement
२०८२ मंसिर ७ गते २१:३७
Shares
गरिमाको वार्षिकोत्सवको अवसरमा देशभर कार्यक्रम

काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले आफ्‌नो १९औं वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशका विभिन्न ८ स्थानमा रक्तदान कार्यक्रम र १९ स्थानमा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न गरेको हो । 

बैंकले सुनसरीको इटहरी, पर्साको वीरगन्ज, चितवनको नारायणगढ, काठमाडांैको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रूपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ६ सय २ युनिट रगत संकलन भएको छ । 

बैंकले १९औं वार्षिकोत्सवको अवसरमा आइतबार नै देशका विभिन्न १६ स्थानका विद्यालयहरूमा शैक्षिक सामाग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायतका सामग्री वितरण, निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाई सामाग्री हस्तान्तरण, मातातिर्थ वृद्धाश्रम समिति, चन्द्रागिरि, काठमाडौंलाई खाद्यान्न सामाग्री हस्तान्तरण र सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण समेत गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको छ ।

सम्बन्धित खबर