२०८२ मंसिर ८ गते सोमवार / Nov 24 , 2025 , Monday
२०८२ मंसिर ८ गते सोमवार
Ads

भारतसँग गरिएको विद्युत् खरिद सम्झौताबाट एक अर्ब २० करोड फाइदा भयो : मन्त्री घिसिङ

shivam cement
२०८२ मंसिर ८ गते १४:२६
Shares
भारतसँग गरिएको विद्युत् खरिद सम्झौताबाट एक अर्ब २० करोड फाइदा भयो : मन्त्री घिसिङ

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतको पिटिसी कम्पनीसँग विद्युत् खरिद सम्झौता गरेर सरकारले एक अर्ब २० करोड बराबर मुनाफा गरेको दाबी गरेका छन् ।

सोमबार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री घिसिङले सो विद्युत् खरिद सम्झौता गरेर सरकारले गैरकानुनी ढंगले ४३ करोड गुमाएको र यसमा ठुलै आर्थिक चलखेल भएको भन्ने आरोप सत्य नभएको जिकिर समेत गरे ।

पिइसीको ८ रुपैयाँ १० पैसाको रेट भन्दा अहिलेको ६ रुपैयाँ ९५ पैसाको रेटले करिब १ अर्ब २० करोड मुनाफा दिएको उल्लेख गर्दै उनले त्यसलाई क्षतिको रूपमा लिन नसकिने समेत दोहोर्‍याए । सरकारले तत्काल सो सम्झौता गरेर विद्युत् खरिद नगरेको भए मुलुकमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउने मन्त्री घिसिङको भनाइ थियो । 

मन्त्री घिसिङले सरकारले आवश्यकअनुसार भारतसँग डे टु डे पनि विद्युत् खरिद सम्झौता गर्ने गरेको बताए । तत्कालको आवश्यकता पूर्ति गर्न सरकारले सो नीति लिने गरेको उनले स्पष्ट पारे ।

ADV

ताजा खबर

सम्बन्धित खबर