२०८२ मंसिर ८ गते सोमवार / Nov 24 , 2025 , Monday
२०८२ मंसिर ८ गते सोमवार
Ads

डोल्पाको धोसहित कर्णालीका ३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्न सहमति

shivam cement
पूर्ण सार्की
२०८२ मंसिर ८ गते १७:५०
Shares
डोल्पाको धोसहित कर्णालीका ३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्न सहमति

सुर्खेत : डोल्पासहित कर्णालीका ३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय राख्न सहमति भएको छ । गृह मन्त्रालयले देशका विभिन्न दुर्गम तथा आवश्यकताअनुसार प्राथमिकता प्राप्त कर्णालीका ३ सहित देशभरका १० स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न सहमति प्रदान गरेको छ ।

गत मंसिर ३ गते बुधबारको मन्त्रीस्तरीय निर्णयअनुसार देशभरका विभिन्न जिल्लाका १० स्थानमा दरबन्दी हेरफेर तथा नयाँ संरचना गठनका लागि गरिएको अनुरोधमा मन्त्रालयले 
 इलाका प्रशासन कार्यालय राख्न सहमति प्रदान गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।  

अर्थले डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको प्रशासनिक केन्द्रसमेत रहेको धो उपत्यका, मुगुको खत्याड, कालिकोटको रास्कोट, ताप्लेजुङ, बाजुराको कोल्टी, बझाङ, डोटी र दार्चुलामा नयाँ इलाका प्रशासन कार्यालय थप्ने सहमति दिएको हो । 

मन्त्रालयका अनुसार हालको दरबन्दीभित्रै रहँदै कुनै पनि पद संख्या नबढाइ उक्त स्थानमा नयाँ कार्यालय सञ्चालन गरिने र कार्यालय स्थापना तथा सञ्चालनका लागि चार वर्षसम्म आवश्यक पर्ने खर्च मन्त्रालयकै विनियोजित बजेटबाट व्यवस्थापन गरिने छ ।

सरकारले दुर्गम क्षेत्रमा प्रशासनिक सेवा सहज र प्रभावकारी बनाउन नयाँ इलाका प्रशासन कार्यालयहरू स्थापना गर्न आवश्यक रहेको भन्दै यसलाई प्राथमिकतामा राखेको छ । नयाँ कार्यालय सञ्चालनमा आएपछि स्थानीयले नागरिकता, सिफारिस, पासपोर्ट, विपद् व्यवस्थापनलगायतका सेवा थप छिटो र नजिकैबाट पाउने छन् ।

ADV

सम्बन्धित खबर