२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम परिवर्तन, प्रथमपत्र छनोटका लागि मात्र 

ADV
मध्यान्ह
२०८१ साउन १० गते १५:४३
शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम परिवर्तन, प्रथमपत्र छनोटका लागि मात्र 

काठमाडौँ : लोक सेवा आयोगले लिने प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ ।

शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथम पत्रमा अब उत्तीर्ण हुन मात्रै ४५ अंक ल्याउनुपर्ने भएको छ । हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो ।

लोक सेवा आयोगले आर्थिक २०८१/८२ को विज्ञापनदेखि लागु हुने गरी सार्वजनिक गरेको पाठ्यक्रममा अब १०० अंकको प्रारम्भिक चरणको परीक्षामा पास भएर दोस्रो चरणको लिखित परीक्षामा सहभागी हुन ४५ अंक ल्याउनुपर्ने व्यवस्था गरेको हो । पहिलो चरणको परीक्षामा १०० अंकको वस्तुगत प्रश्न सोधिन्छ ।

यसैगरी अब पहिलो पत्रमा प्राप्त भएको कूल प्राप्तांकको ५० प्रतिशत अंक दोस्रो पत्रको प्राप्ताङ्कमा जोडिने व्यवस्था पनि हटेको छ । अर्थात् अब प्रथम पत्रको परीक्षा ‘छनोट परीक्षा’का रूपमा मात्रै रहनेछ । दोस्रो पत्रमा पहिलो पत्र आएका आएको कुल अंकको आधा अंक जोडिने व्यवस्था हटेको हो ।

लिखित परीक्षाको प्रथम चरणमा प्रारम्भिक परीक्षा हुने र यो प्रारम्भिक परीक्षालाई छनोट परीक्षाको रूपमा मात्र लिई प्राप्तांकलाई मूल परीक्षाको अंकमा समावेश नगर्ने व्यवस्था गरिएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise