२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्षको जेल सजाय

shivam cement
२०८२ मंसिर १० गते १३:२३
Shares
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्षको जेल सजाय

काठमाडौँ : ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई त्यहाँको सर्वोच्च अदालतले राजनीतिक षड्यन्त्र (कु) गरेको अभियोगमा २७ वर्षको सुनाएको छ। यो फैसला मंगलबार आएको हो ।

७० वर्षीय बोल्सोनारोमाथि सन् २०२२ को राष्ट्रपति चुनावमा पराजित भए पनि सत्तामा रही रहनका लागि वर्तमान राष्ट्रपति लुला डी सिल्भाको सरकार ढाल्ने षड्यन्त्र रचेको आरोप छ ।

सुनुवाइका क्रममा बोल्सोनारोको कानूनी टोलीले अदालतको फैसला विरुद्ध अन्तिम पुनरावेदन नगरेपछि न्यायाधीश अलेक्जान्द्रे मोराएसले २७ वर्षको सजाय लागू गर्ने आदेश दिए ।

न्यायाधीशले बोल्सोनारोलाई हाल राजधानी ब्रासीलियाको फेडरल पुलिस हेडक्वार्टरमै राख्न आदेश दिएको छ । त्यहाँ उनी शनिबारदेखि नै ‘भाग्न सक्ने आशंका’ का कारण पहिले नै ‘प्री-अरेस्ट’ मा छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर