२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

क्रियटिभ क्रियसन्स एण्ड मिडियाले हरेक कारोबारमा बिरुवा रोप्ने

ADV
मध्यान्ह
२०८१ जेठ २४ गते २१:३१
क्रियटिभ क्रियसन्स एण्ड मिडियाले हरेक कारोबारमा बिरुवा रोप्ने

काठमाडौं : विश्व वातावरण दिवसको अवसर पारेर क्रियटिभ क्रियसन्स एण्ड मिडियाले आफ्नो हरेक कारोबारमा बिरुवा रोप्ने प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनीले आगामी वर्ष सम्ममा पूर्णरुपमा शून्य कार्बन उत्सर्जन लक्ष्य प्राप्ति गर्ने यो अभियान सञ्चालन गरेको बताएको छ । कम्पनीले विगतमा समेत विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गर्दै आइरहेको जनाएको छ ।

क्रियटिभ क्रियसन्स एण्ड मिडियाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, तिनै तहको सरकारी निकायहरु र कर्पोरेट हाउसहरुलाई ३ सय ६० कर्पोरेट सेवामा सहकार्य गरिरहेको छ । हाल कम्पनीले संस्थागत विकास, अध्ययन तथा अनुसन्धान, कार्यक्रम व्यवस्थापन, कार्यक्रम उत्पादन तथा प्रसारण, मार्केटिङ तथा ब्रान्डिङ, लगायतका सेवाहरु एकै छाना मूनिबाट गुणस्तरीय सेवा र विशेषज्ञहरूको विशेषज्ञतामा आधारित सेवा प्रदान गर्दै आएको छ ।

कम्पनी अन्तर्गत सञ्चालिन क्रिएटिभ एस.एम.एस  र क्रिएटिभ भ्वाइसमार्फत बल्क एस.एम.एस  र कल सेवा समेत प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले समाज र राष्ट्रप्रति पनि जिम्मेवार बन्दै नेपालको संविधानले समेत प्रत्याभूत गरेको वातावरण संरक्षण र प्रवर्द्धनमा आफ्नो भूमिकालाई इंगित गर्दै विश्व वातावरण दिवसको अवसरमा कम्पनीको आगामी प्रत्येक १००० एस.एम.एस बराबर एक विरुवा, प्रत्येक १००० भ्वाइस कल बराबर एक विरुवा र प्रत्येक १०,००० आर्थिक कारोबार (भ्याट बाहेक) बराबर एक बिरुवा रोप्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

कम्पनीले यस अभियानलाई एक वर्षसम्म निरन्तर सञ्चालन गर्ने जनाएको छ । यसबाट शून्य कार्बन उत्सर्जनलाई सन् २०२५ जुन ५ सम्ममा हासिल गर्न सहयोग मिल्ने विश्वास कम्पनीले लिएको छ । 

कम्पनीले आफ्ना साझेदारहरुलाई  व्यावसायिक सेवाहरु मात्र प्रदान गर्ने नभइ वातावरण संरक्षण र प्रवद्र्धनमा समेत टेवा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise