२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

आइएमई लाइफका बीमितलाई कान्ति आरोग्यमा छुट

shivam cement
२०८२ मंसिर १२ गते २०:५२
Shares
आइएमई लाइफका बीमितलाई कान्ति आरोग्यमा छुट

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बिमित, अभिकर्ता तथा कर्मचारीहरूलाई नेपालगञ्जको कान्ति आरोग्य अस्पतालको सेवामा छुट हुने भएको छ । आइएमई र अस्पतालबीच भएको समझदारीअनुसार उपचार सेवा लिँदा ५० प्रतिशत सम्म छुट प्राप्त हुने भएको हो । 

कम्पनीका बिमित, अभिकर्ता र कर्मचारीले अस्पतालमा डाक्टर परामर्शमा ५० प्रतिशत छुट हुनेछ भने ल्याबटेस्ट तथा एक्स–रे मा ३० प्रतिशत, बेड चार्जमा २० प्रतिशत, अपरेसन, भिडियो एक्स–रे र औषधिमा १० प्रतिशत छुट पाउने जनाइएको छ । 

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।

कान्ति आरोग्य अस्पताल विभिन्न विशेषज्ञ सेवा प्रदान गर्ने नेपालगञ्ज क्षेत्रको अस्पताल हो । सो अस्पतालमा अत्याधुनिक सुविधा र स्पेशलिस्ट चिकित्सकहरूको टोलीमार्फत उच्चस्तरको उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित खबर