२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सिटिजन्स बैंकको साधारण सभा सम्पन्न

shivam cement
२०८२ मंसिर १२ गते २०:५४
Shares
सिटिजन्स बैंकको साधारण सभा सम्पन्न

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनलको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार बैंक संचालक समितिका अध्यक्ष प्रवलजंग पाण्डेको अध्यक्षतामा काठमाडौंमा सभा सम्पन्न भएको हो ।

सभामा आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । साथै, सभाले बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आव २०८१/८२ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू स्वीकृत गरेको छ ।

त्यस्तै, बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वितरण योग्य मुनाफाबाट ५ प्रतिशतले  हुने बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२६३ प्रतिशतले हुने जम्मा ७७ करोड ७३ लाख १६ हजार ४ सय ७१ रुपैयाँ ८९ पैसा लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

सम्बन्धित खबर