२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

shivam cement
२०८२ मंसिर १४ गते ११:४०
Shares
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज कास्कीको पोखरामा एकता सन्देश सभा गर्ने भएको छ ।

सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

नेकपाले भोलि सोमबार कोशी प्रदेशको विराटनगरमा, मंसिर १८ गते कर्णाली प्रदेशको सुर्खेतमा, मंसिर २० गते मधेस प्रदेशको जनकपुरमा र मंसिर २३ गते बागमती प्रदेशको हेटौँडामा एकता सन्देश सभा गर्ने तालिका सार्वजनिक गरेको छ ।

यसअघि पार्टीले शुक्रबार सुदूरपश्चिमका धनगढी र शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा सभा गरी प्रदेशस्तरीय सन्देश प्रवाह सुरु गरिसकेको छ ।

सम्बन्धित खबर