२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमालेको ११औं राष्ट्रिय महाधिवेशनको प्रतीक चिह्न सार्वजनिक

shivam cement
२०८२ मंसिर १४ गते १४:५१
Shares
एमालेको ११औं राष्ट्रिय महाधिवेशनको प्रतीक चिह्न सार्वजनिक

काठमाडौं : नेकपा एमालेले ११औं राष्ट्रिय महाधिवेशनको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरेको छ । आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा ११औं राष्ट्रिय महाधिवेशनको प्रतीक चिह्न सार्वजनिक गरिएको हो ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव पद्या अर्याल लगायतका नेताहरुको उपस्थितिमा अध्यक्ष ओलीले प्रतीक चिह्न सार्वजनिक गरे ।

एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा बनाएको छ । एमालेले आउँदो मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्दैछ ।

सम्बन्धित खबर