२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

रास्वपा र विवेकशील साझाबीच एकता

shivam cement
२०८२ मंसिर १४ गते १६:१४
Shares
रास्वपा र विवेकशील साझाबीच एकता

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ । रवि लामिछाने सभापति रहेको रास्वपा र समीक्षा बास्कोटा अध्यक्ष रहेको विवेकशील साझाबीच एकता घोषणा भएको हो ।

काठमाडौंमा आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन् ।

रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन् ।

एकतापछि पनि पार्टीको नाम रास्वपा नै रहने भएको छ भने पार्टीको चिह्न पनि घण्टी नै रहने भएको छ ।

सम्बन्धित खबर