२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

‘मलाई केही चाहिन्न, विवेकशील अभियान मर्नु भएन’

shivam cement
२०८२ मंसिर १४ गते १८:०४
Shares
‘मलाई केही चाहिन्न, विवेकशील अभियान मर्नु भएन’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग समाहित भएको विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटले आफूलाई कुनै पद नचाहिने भन्दै विवेकशील साझा अभियान मर्न नदिने बताएकी छन् ।

आइतबार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले व्यक्तिगत स्वार्थका लागि रास्वपामा समाहित नभएको स्पष्ट पार्दै मुलुक र जनताको हितका लागि एकतामा आएको दाबी गरिन् ।

उज्ज्वल थापाले सुरुवात गरेको वैकिल्पक राजनीतिले अनेक ठक्कर खाएको स्मरण गर्दै दलमा आउने जुनसुकै कठिनाई र चुनौतीको सामना गर्न आफूहरु तयार रहेको उनको भनाइ छ । 

उनले आफूहरु निःशर्त रास्वपासँग एकीकृत हुन आएको भन्दै निःशर्त नै सबैभन्दा ठुलो शर्त हुने बताइन् ।

सम्बन्धित खबर