
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रवि लामिछाने र परिवर्तनका पक्षधरहरुलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई रास्वपाले पूर्णरुपमा सहयोग गरिरहेको भएपनि सरकारले सोअनुसारको व्यवहार गर्न नसकेको टिप्पणी गरे ।
उनले निर्वाचनको वातावरण निर्माणमा ध्यान केन्द्रित गर्न पनि सरकारको ध्यानाकर्षण गराए । उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोगका लागि समेत सबै राजनीतिक दलहरुलाई आह्वान गरे ।
उनले विवेकशील पार्टीसँगको एकतापछि पार्टी झनै बलियो भएको भन्दै ठुलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।