
काठमाडौं : नेपाली कांग्रेसले महाविधेशन कार्यतालिका ल्याउने तयारी गरेको छ । आसन्न पुष अन्तिम सातासम्म महाधिवेशन सम्पन्न गर्न कार्यतालिका ल्याउन लागेको हो ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितका नेताहरूको आइतबार भएको छलफलमा पुसको अन्तिम साता महाधिवेशन कार्यतालिका ल्याउने तयारी भएको छ ।
महाधिवेशनबारे सहमति जुटाउन कांग्रेसले झन्डै डेढ महिनायता सघन छलफल गर्दै आएको छ । कांग्रेस संस्थापन पक्षले निर्वाचन अगावै महाविधेशन गर्न नहुने अडान कायमै राखेको छ भने इतर पक्षले निर्वाचन अगाडि नै गर्नुपर्ने बलियो अडान राखेको छ ।
यसबारे सहमति जुट्न नसक्दा केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन । पटक–पटक स्थगित हुँदै आएको बैठक भोलि (सोमबार, मंसिर १५) बस्ने भएको छ ।
पुस अन्तिम सातासम्म महाधिवेशन गर्ने कार्यतालिका संस्थापन पक्षले ल्याउन लागेको हो । यसबारे थप प्रष्ट्याउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ ।