
उदयपुर : उदयपुरमा आगलागीबाट आज (आइतबार, मंसिर १४) एक घर जलेको छ । त्रियुगा नगरपालिका–१० बोक्सेस्थित कृष्ण पौडेलको घर जलेको हो ।
अचानक आगलागी भएको घरको तल्लो तलामा रहेको द हिमालयन डल एकेडेमीका विभिन्न भौतिक तथा शैक्षिक सामाग्रीहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार ५० लाख बराबरको क्षति भएको छ । स्थानीयबासी, प्रहरी, सेना, सशस्त्र प्रहरी बल र दुईवटा दमकलको सहयोगमा आगो नियन्त्रण आएको छ । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।