२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

भगौडा कृषि वैज्ञानिकलाई हाजिर हुन नार्कको सातदिने सूचना

shivam cement
२०८२ मंसिर १४ गते २१:४९
Shares
भगौडा कृषि वैज्ञानिकलाई हाजिर हुन नार्कको सातदिने सूचना

काठमाडौं : अध्ययन विदा बसेर नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का ६ कृषि वैज्ञानिकसहित ११ कर्मचारी सम्पर्कविहीन भएका छन् । अध्ययन बिदा सकिएको लामो समयसम्म सम्पर्कमा नआएपछि नार्कले उनीहरुलाई बर्खास्त गर्न प्रक्रिया सुरु गरेको छ । 

ती कर्मचारीलाई अध्ययनविदापछि हाजिर हुन आउने कबुलियतनामा गराइएको थियो । तर सर्त उल्लंघन गर्दै उनीहरु बेपत्ता भएका हुन् । नार्क स्रोतका अनुसार, सम्पर्कमा नआएका अधिकांश कर्मचारी विदेशिएका छन् । 

कबुलियतनामा सर्तविपरित अनुपस्थित हुनेहरुमा वैज्ञानिकहरु अच्युत मिश्र, नविन कुमार दंगाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा अधिकारी र दिनेश बाबु थापामगर छन् । त्यस्तै, डा. सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली र अस्मिता श्रेष्ठ पनि अनुपस्थित रहेको नार्कले जनाएको छ ।

सम्पर्कविहीन कर्मचारीहरुलाई स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन परिषदले सार्वजनिक सूचनामार्फत भनेको छ । उनीहरुको नामावली सार्वजनिक गर्दै परिषदले सूचनामा भनिएको छ, ‘परिषदको कर्मचारी प्रशासन विनियम, २०४९ को विनियम ४० (२) (क) को कसुरमा नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने ?’ 

सम्बन्धित खबर