
काठमाडौं : नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले कसैले निर्वाचन बिथोल्ने काम गर्न नहुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन कसैले बिथोल्न नहुने बताएका हुन् ।
भुसालले नेकपा (एमाले) अध्यक्ष केपी ओलीलाई निर्वाचन बिथोल्न काम गर्न आग्रह गरे । ओलीका कारण मुलुकले अपूरणीय क्षति व्यहोरेको जिकिर गर्दै निर्वाचन बिथोल्न काम गर्न नहुने बताए ।
‘चुनावका लागि कसैले पनि यताउता, बाधा, अवरोध नगरुन् । एमालेले पनि नगरोेस् । यो मुलुकले कमरेड ओलीका नीतिहरूले मुलुकले धेरै कुरा गुमाएको छ । असाध्यै धेरै अपूरणीय क्षति व्यहोरिसकेको छ कमरेड ओली ! अब तपाईंले पनि चुनाव विथोल्नेतर्फ नलाग्नुस्,’ उनले भने । –न्युज एजेन्सी नेपाल