२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नेप्से ४.२८ अंकले घट्यो

shivam cement
२०८२ मंसिर १५ गते १५:४०
Shares
नेप्से ४.२८ अंकले घट्यो

काठमाडौं : सोमबार सेयर बजारको नेप्से ४.२८ अंक घटेर २६४५ अंकमा झरेको छ । अघिल्लो दिन २६ अंकले घटेको बजार आज कारोबार रकमसहित कमजोर भएको छ । आइतबार ७ अर्ब ८ करोड बराबरको कारोबार भएकोमा सोमबार घटेर ४ अर्ब ७१ करोडमा सीमित रह्यो ।

आज १२४ कम्पनीका सेयर मूल्य बढ्दा १२६ घटे र ८ स्थिर रहे । सबै समूह सूचक १ प्रतिशतभित्रै उतारचढाव देखिए । बैंकिङ ०.६८, लगानी ०.७३, जीवन बीमा ०.५१ लगायतका सूचक घटे भने माइक्रोफाइनान्स ०.६१, फाइनान्स ०.९१, जलविद्युत् ०.२२ प्रतिशतले बढे । 

सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकका सेयर १० प्रतिशतले उक्लिए । त्यस्तै ग्रिन भेन्चर्स ९.३१, नारायणी डेभलपमेन्ट बैंक ६.६६, मनकामना इन्जिनियरिङ ५.४४ र युनाइटेड मोदी हाइड्रोपावर ४.४० प्रतिशतले बढे । 

बोटलर्स नेपाल बालाजु ३.९४ प्रतिशतले सबैभन्दा धेरै घट्यो । एनआरएन इन्फ्रास्ट्रक्चर ३ र सूर्यज्योति लाइफ इन्स्योरेन्स २.२२ प्रतिशतले तल झरे ।

सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, बन्दीपुर केबुलकार, नेपाल पुनर्बीमा र एनआरएन इन्फ्रास्ट्रक्चर परे ।

सम्बन्धित खबर